काठमाडौं-निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ । समितिको बैठक सिंहदरबारमा बिहान १० बजे बोलाइएको हो ।
बुधबार नै राणाविरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव थियो । तर राणाले बयानका क्रममा नाम लिएका व्यक्तिलाई पत्र काटेर आज बयानका लागि बोलाइएको छ । संसदको महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्याधीश राणाले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि आज बोलाएको हो ।
न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग आज छुट्टाछुट्टै समय दिएर छलफल गर्ने समितिले जनाएको छ । राणाले बयानका क्रममा न्यायधिश, पूर्वन्यायधिश बारका पदाधिकारी लगायतको नाम लिएका थिए ।
तर सर्वोच्च अदालतको फुलकोर्ट बैठकले निलम्बित प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ । बुधबार बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले समितिले शक्ति पृथकीकरणको सिद्धान्त विपरित न्यायाधीशलाई बयानमा बोलाइएकाले नजाने निर्णय गरेको थियो ।







प्रतिक्रिया