काठमाडौं-नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज स्वदेश फर्किँदै छ। यसका लागि बिहान सवा ८ बजेदेखि रविभवनदेखि एअरपोर्टसम्मको सडकमा सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल र एअरपोर्टसम्म गाडीको आवागमन प्रभावित हुने छ । यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।







प्रतिक्रिया