अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोबाइलमा एमडीएमएस: कस्ता मोबाइल चल्ने, कस्ता नचल्ने ?

मोबाइलमा एमडीएमएस: कस्ता मोबाइल चल्ने, कस्ता नचल्ने ?


काठमाडौं – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । भदौ ३० गतेसम्म भित्रिएका मोबाइल स्वत: दर्ता हुने र त्यसपछिका मोबाइल एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने भएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री-वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न एमडीएमएस लागू गरेको जनाएको छ।

चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपालभित्र यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणबाट एमडीएमएस प्रणाली लागू गरिएको हो।

‘भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेट लगायत मोबाइल एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ, ‘भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए÷नभएको एकीन गरी मात्र खरिद गर्न अनुरोध छ।’

प्राधिकरणले मोबाइल आयातकर्ता तथा बिक्रेताहरुलाई मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री-वितरण गर्न सूचित गरेको छ।

२ वर्षअघि नै प्राधिकरणले एमडीएमएस लागू गर्ने तयारी गरेको थियो। तर ठेक्का पाएको कम्पनीले यसका लागि आवश्यक उपकरणको व्यवस्था गर्न नसक्दा लागू हुन सकेको थिएन।

सरकारले चालू आवको बजेटमा मोबाइलमा कर बढाउने भएपछि व्यवसायीहरुले पहिले एमडीएमएस लागू गर्न माग गरेका थिए। मोबाइल आयातकर्ताहरुका अनुसार नेपालमा ४० प्रतिशतसम्म चोरी तथा अवैध मोबाइल आउने गरेका छन्। एमडीएमएस लागू भएसँगै यो रोकिने विश्वास गरिएको छ।

आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ। तर अब मोबाइल किन्दा mdms.nta.gov.np गइ दर्ता भएरनभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ।