काठमाडौं-संसदीय महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुनः बयान लिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा समितिले जबरासँग पुनः बयान लिने लागेको हो ।
समितिले बिहीबार जबरले आरोप लगाएका कानुन व्यवसायीसँग छलफल गरेको थियो । छलफलका क्रममा कानुन व्यवसायीले दिएको बयानबारे समितिले बैठकमा जबरासँग सोधपुछ गर्ने छ ।
बिहीबार समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्यलगायतसँग बयान लिएको थियो । बयानका क्रममा उनीहरूले आफूहरूमाथि जबराले लगाएको आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए ।







प्रतिक्रिया