अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय चुनावपछि २ लाख ५५ हजार नयाँ मतदाता थपिए

स्थानीय चुनावपछि २ लाख ५५ हजार नयाँ मतदाता थपिए


काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन्।

आयोगका सचिव गोकर्णमणी दुवाडीका अनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ।

चुनावमा १० हजार ८९१ मतदानस्थल रहने छन्। यस्तै २२ हजार २२६ वटा मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ।

२०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए। चुनावपछि झण्डै तीन महिनाको अवधिमा दुई लाख ५४ हजार ८४७ मतदाता थपिएका छन्।