काठमाडौ- अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका ८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका(६ मा एक जनाको मृत्यु भएको छ ।
शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाको उद्धार गरिएको छ ।







प्रतिक्रिया