अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाम पहिरोमा पुरिएर मृत्यू हुनेको संख्या १७ पुग्यो,११ जनाको उद्धार

अछाम पहिरोमा पुरिएर मृत्यू हुनेको संख्या १७ पुग्यो,११ जनाको उद्धार


काठमाडौ -अछामका विभिन्न ठाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार गाउँपालिकाका ४ ठाउँमा गएको पहिरोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको हो भने ६ जना बेपत्ता तथा ११ जना घाइतेको उद्धार भइसकेको छ ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार जिल्लाको कमलबजार नगरापलिका वडा नम्बर ६ मा गएको पहिरोमा परेर ७ जना, कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा गएको पहिरोमा परेर ५ जना, तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ५ मा गएको पहिरोमा परेर ४ जना र ढकारी गाँपालिका वडा नम्बर ५ मा गएको पहिरोमा परेर १ जनाको मृत्यु भएको छ ।
तुर्माखाद गाउँपालिकाका वडा नम्बर ५ मा गएको पहिरोमा ५ जना र ढकारी गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोमा एक जना गरेर जम्मा ६ जना बेपत्ता छन् ।