अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाभियोग सिफारिस समितिको अन्तिम बैठक सुरु

महाभियोग सिफारिस समितिको अन्तिम बैठक सुरु


काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा बैठक बसिरहेको छ । आजको बैठकबाट महाभियोगको प्रतिवेदनलाई अन्तिम रूप दिएर सभामुखलाई बुझाउने तयारी छ ।

आज बिहान ९ बजेदेखि १२ बजेसम्म बसेको बैठकमा प्रधानन्यायाधीश राणाले अघिल्लो दिन हस्ताक्षर गर्न बाँकी रहेको बयानको लिखतमा हस्ताक्षर गर्नु भएको थियो ।

प्रतिनिधि सभा बैठक चलिरहेका बेला समितिका ११ जना सांसदहरू सिंहदरबार पुगेर महाभियोग सम्बन्धमा आवश्यक निर्णय गरी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा छन् । आज मध्यरातदेखि प्रतिनिधि सभाको अधिवेशन अन्त्य हुन लागेकोले त्यसअघि सभामुखलाई प्रतिवेदन बुझाउने समितिको योजना छ ।