अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्रलाई महाअभियोग लगाउन प्रमाण पुग्दैन : एमाले

चोलेन्द्रलाई महाअभियोग लगाउन प्रमाण पुग्दैन : एमाले


काठमाडौं – प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैटकमा नेकपा एमालेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको बताएका छन् ।

शनिबार दिउँसो बसेको बैठकमा सांसद कृष्णभक्त पोखरेलले अहिलेसम्म समितिलाई प्राप्त प्रमाण हेर्दा जबरा दोषी हुन् भन्ने प्रमाणित नहुने बताउनु भयो।

समितिले मगाएका कतिपय प्रमाण आउन बाँकी रहेको भन्दै सांसद पोखरेलले संकलित प्रमाण प्रतिनिधिसभामा पेश गर्न सकिने तर दोषी हुन् वा होइनन् भन्ने निश्कर्षमा पुग्न नसकिने बताउनु भयो ।