काठमाडौं-निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालतमा फर्कने जानकारी गराउनु भएको छ । जबराले शनिवार आफू आइतबारदेखि नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई जानकारी गराउनु भएको हो ।
तर, निलम्बन फुकुवा नभएको भन्दै उहाँलाई रोक्न नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले तयारी गरिरहनु भएको छ । उहाँहरूलाई सरकारले पनि सहयोग गर्ने संकेत दिएको छ ।
शनिवार राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका थियो । समितिले प्रतिवेदन बुझाउँदै गर्दा जबराले आफू नियमित काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई पठाउनु भएको थियो ।
जबराले आफू आइतबारदेखि नियमित काममा फर्किने भन्दै कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई ‘निर्देशन’ दिनुभएको थियो । छानबिन गरिरहेको प्रतिनिधिसभाको कार्यकाल सकिएकाले महाभियोगको अस्तित्व सकिएको भन्दै उहाँले आफू पदमा बहाल हुने खबर पठाउनु भएको हो ।







प्रतिक्रिया