अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जबरा सर्वोच्च अदालत जाने तयारीपछि प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन

जबरा सर्वोच्च अदालत जाने तयारीपछि प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन


काठमाडौं-सर्वोच्च अदालत प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । शनिबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारदेखि आफू नियमित जिम्मेवारीमा फर्कने सर्वोच्च अदालतलाई जानकारी गराउनु भएको थियो ।

जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै सुरक्षाकर्मी परिचालन गरिएको हो । निलम्बन फुकुवा नभएको भन्दै उहाँलाई रोक्न आइतबार नेपाल बार र कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुग्ने तयारीमा हुनुहुन्छ । शनिवार राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका थियो ।

समितिले प्रतिवेदन बुझाउँदै गर्दा जबराले आफू नियमित काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई पठाउनु भएको थियो । जबराले आफू आइतबारदेखि नियमित काममा फर्किने भन्दै कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई ‘निर्देशन’ दिनुभएको थियो । छानबिन गरिरहेको प्रतिनिधिसभाको कार्यकाल सकिएकाले महाभियोगको अस्तित्व सकिएको भन्दै उहाँले आफू पदमा बहाल हुने खबर पठाउनु भएको हो ।