अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जबरालाई सर्वोच्च छिर्न नदिने नेपाल बारको निर्णय

जबरालाई सर्वोच्च छिर्न नदिने नेपाल बारको निर्णय


काठमाडौं-नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताए । जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने जानकारी गराएका थिए । अहिले सर्वोच्च अदालतको मुख्य गेटमा प्रहरी तैनाथी गरिएको छ ।