काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगरसहितको टोली पुगेको छ।
चोलेन्द्रको नीजि निवासमा मगरसहितको टोली भेट्न पुगेको हो।
सरकारले जबरालाई ‘नजरबन्द’मा राखेपिछ मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो ।
‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले भन्नुभयो ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा पर्नुभएको थियो । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उहाँले आजबाट काममा फर्कने तयारी गर्नुभएको थियो । तर सरकारले भने उहाँलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षा कर्मी उहाँको निवासमा खटाएको छ ।
जबरालाई घरबाट बाहिर निस्कन दिएको छैन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो ।







प्रतिक्रिया