अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)


काठमाडौं-सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवस मननाइएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएकाे दिनमा प्रत्येक वर्ष देशभर संविधान दिवस मनाइने गरिएको हो । टुँडिखेलमा आयोजित आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका समारोहमा 

राष्ट्रपति विद्यादेवी भण्डारी,  उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुभएको थियो ।