अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धोबीघाटको कवाडी गोदाम आगलागी हुँदा ३ जना घाइते

धोबीघाटको कवाडी गोदाम आगलागी हुँदा ३ जना घाइते


काठमाडौँ – ललितपुरको धोबीघाटस्थित एक कबाडी गोदाममा भएको आगलागीमा ३ जना घाइते भएका छन्।

आज दिउँसो लागेको आगोमा दुई जना भारतीय र एक जना नेपाली घाइते भएका छन्। भारत घर भएका ६५ वर्षीय शिवनारायण पोदारको अवस्था गम्भीर छ। उनको शरीर पूरै जलेको ललितपुर प्रहरीले जनाएको छ।

यस्तै भारतकै ४५ वर्षीय राम आशिष साहको पनि शरीरका विभिन्न भाग जलेको छ। चितवनका ३० वर्षीय गणेश गुरुङ पनि सामान्य घाइते भएका छन्। उनीहरुको स्टार अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार कमला खत्रीको जग्गामा भारतीय नागरिक बच्चु साहले सञ्चालन गर्दै आएको कबाडी गोदाममा आगलागी भएको हो । आगलागीबाट गोदाममा भएका अधिकांश सामान जलेर नष्ट भएका छन्। अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।

Skip This