अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले देश  र जनताको हितका लागि काम गर्छ, गठबन्धन र एमालेबीच यही भिन्नता छ: अध्यक्ष ओली

एमाले देश  र जनताको हितका लागि काम गर्छ, गठबन्धन र एमालेबीच यही भिन्नता छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश, जनता, संविधान र कानुनको भाषा बोल्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले कानूनको भाषा बोल्ने तर पाँच दलीय गठबन्धनले मसलको भाषा बोल्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले देशको भाषा बोल्छ, जनताको भाषा बोल्छ, संविधानको भाषा बोल्छ, कानूनको भाषा बोल्छ, गठबन्धन मसलको भाषा बोल्छ, निजी स्वार्थको भाषा बोल्छ । एमाले देशको हितका लागि जे-जे काम गर्नुपर्ने हो त्यो गर्छ, गठबन्धन र एमालेबीच यही भिन्नता छ ।’

एमाले समृद्धि नेपाल सुखी नेपाली निर्माण गर्ने महाअभियानमा जुटेको पार्टी भएको उहाँले बताउनुभयो । एमाले देश बनाउने अभियानमा लागेको क्रियाशिल संस्था भएको अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी गठबन्धन जस्तो आफ्नो सुरक्षा खोजेर आफ्ना स्वार्थका लागि खुडुल्किएको गठबन्धन होइन, देश बनाउनका लागि एकताबद्ध भएर अगाडि बढ्ने क्रियाशिल समूह हो, संस्था हो, त्यसकारण यहाँ नीति स्वार्थको खोजी होइन राष्ट्रिय हितको रक्षा र सम्बर्द्धनमा ध्यान दिइन्छ ।’