अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


काठमाडौं – काठमाडौंको रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आज बिहान मोटरसाइकलको ठक्करबाट घाइते भएका काठमाडौंका ६२ वर्षीय सुदनकुमार तण्डुकारको मृत्यु भएको हो।

बिहान ५:४५ बजे रत्नपार्कबाट भद्रकालीतर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२८ प ७००२ नम्बरको मोटरसाइकलको ठक्करबाट बाटो काट्दै गरेका तण्डुकारलाई ठक्ककर दिँदा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

ट्रमाबाट ग्राण्डी अस्पताल लगिए पनि उनको उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिनु भयो ।

मोटरसाइकल चालक सप्तरीका २१ वर्षीय रुपेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Skip This