अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा मतदाता सङ्ख्या बढ्यो

मकवानपुरमा मतदाता सङ्ख्या बढ्यो


मकवानपुर – यही आउँदो मङ्सिर ४ गते हुने प्रतिनीधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मकवानपुरमा मतदाताको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश  निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । सो निर्वाचनका लागि अहिले मतदाताको सङ्ख्यामा वृद्धि भएर तीन लाख ७३३ मतदाता पुगेको सो कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले बताउनुभयो । वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा दुई लाख ९४ हजार ९१९ जना मतदाता थिए ।

मकवानपुरमा अहिले पाँच हजार ८१४ मतदाता थपिएको बताइएको छ । मकवानपुरमा एक लाख ५३ हजार ५२८ पुरुष र एक लाख ४७ हजार दुई सय महिला तथा पाँच तेस्रो लिङ्गी रहेको बताइएको छ । मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभाका लागि १६७ वटा मतदानस्थल तथा ३६४ वटा मतदान केन्द्र रहको छ ।

आगामी असोज १५ गते देखि २० गते सम्ममा दुईवटा प्रतिनीधिसभा क्षेत्र रहको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने सो कार्यालयले जनाएको छ । निर्वाचनका लागि हाल जिल्लामा म्यादी प्रहरीको छनोट कार्य भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।