अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा ६ लाख ६३ हजार मतदाता कायम

झापामा ६ लाख ६३ हजार मतदाता कायम


झापा – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार २५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् ।

पाँच सङ्घीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कूल मतदानस्थल २८४ र मतदान केन्द्र ७६६ वटा कायम भएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय निर्वाचन क्षेत्र-१ मा पुरुष मतदातातर्फ ६० हजार २३७, महिलातर्फ ६० हजार १३८ गरेर एक लाख २० हजार ३७५ मतदाता छन् । यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १३४ मतदान केन्द्र छन्।

यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ६६ हजार ६५७, महिलातर्फ ६७ हजार ४२९ र तेस्रोलिङ्गी पाँच गरी एक लाख ३४ हजार ९१ मतदाता छन् । यो क्षेत्रमा ४९ मतदानस्थल र १५२ मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र-३ मा पुरुषतर्फ ६६ हजार ६१, महिलातर्फ ६५ हजार ३७१ गरी एक लाख ३१ हजार ४३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ६७ मतदानस्थल र १५५ मतदान केन्द्र छन् ।

क्षेत्र नं ४ मा पुरुषतर्फ ६२ हजार २२, महिला ६१ हजार १०१ र अन्य एक गरी एक लाख २३ हजार १२४ मतदाता रहेको र ६३ मतदानस्थल र १४९ मतदान केन्द्र रहेका छन् ।

त्यसैगरी क्षेत्र नं ५ मा पुरुषतर्फ ७६ हजार ६७, महिला ७८ हजार २२० र अन्य दुई गरेर एक लाख ५४ हजार २८९ रहेको र ६१ मतदानस्थल र १७६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ५  मा एक लाख ५४ हजार दुई सय ८९ रहेका छन् ।