अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रवेशको लहर बढ्दै,नेकपा एसका अछाम जिल्ला अध्यक्ष पनि एमालेमा

एमाले प्रवेशको लहर बढ्दै,नेकपा एसका अछाम जिल्ला अध्यक्ष पनि एमालेमा


काठमाडौं- निर्वाचन नजिकिदै जाँदा अन्य पार्टी त्यागेर एमालेमा प्रवेश गर्नेहरुको लहर बढ्दै गएको छ । सर्वसाधरण कार्यकर्ता मात्र होइन साँसद,केन्द्रीय र प्रदेशका सदस्य र जिल्लाकै नेतृत्व पार्टी त्यागेर एमालेमा समाहित भइरहेका छन् ।
यसैक्रममा अछाम जिल्लाका नेकपा एसका जिल्ला अध्यक्ष हिरेण्ड भट्टराई एमाले प्रवेश गर्नु भएको छ । गए राती बालकोटमा अध्यक्ष केपी शर्मा ओली,सुदुरपश्चिम इन्चार्ज एवं पार्टी सचिव लेखराज भट्ट लगायतले उहाँलाई एमालेमा स्वागत गर्नु भएको हो । अध्यक्ष ओलीले एमालेले क्षमताका आधारमा नव प्रवेशीहरुलाई जिम्मेवारी दिने बताउनुभएको छ । उहाँले सबैलाई निर्वाचनमा एमालेलाई जिताउने माहोल बनाउन आग्रह गर्नुभएको छ ।