अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा रहेको छ।