काठमाडौं – भारतको डा एपिजे अब्दुल कलाम फाउन्डेशनले नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उहाँले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्याङ्कन गर्दै ‘डा एपिजे अब्दुल कलाम अवार्ड २०२२’ प्रदान गर्ने भएको छ ।
फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ औँ जन्मजयन्तीका अवसरमा आगामी १५ अक्टोबर (असोज २९ गते) पश्चिम बङ्गालमा हुने कार्यक्रममा माइलालाई सम्मान ग्रहणका लागि निमन्त्रणा पठाइएको छ । समारोहमा भारत र नेपालका संस्कृतिकर्मीबाट सांस्कृतिक, साहित्यिक र सामाजिक गतिविधि हुने जनाइएको छ ।
यसैबीच नेपाल सरकारको मन्त्रिपरिषद्को यही असोज ७ गतेको बैठकले उहाँको सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकामा उक्त रकमका वृद्धि गरी मासिक रु.५० हजार उपलब्ध गराउने निर्णय गरेका स्रष्टा राईले सरकारलाई धन्यवाद दिनुभएको छ । गणतन्त्र स्थापनापछि २०६३ सालमा गठित राष्ट्रियगान चयन कार्यदलको सिफारिसबमोजिम माइलाको ‘सयौँ थुङ्गा फूलका हामी …’ छनोट भएको थियो ।






प्रतिक्रिया