अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देखि निर्वाचन आचार संहित लागु ,के गर्न पाइन्छ के गर्न पाइदैन ?

आज देखि निर्वाचन आचार संहित लागु ,के गर्न पाइन्छ के गर्न पाइदैन ?


काठमाडौ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ।

मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको हो। निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।

आयोगले सबै राजनीतिक दलहरूलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७९ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको छ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

निर्वाचन आचारसंहिता उलंघन गर्ने काम अक्षम्य हुने उल्लेख गर्दै आयोगले उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताएको हो।

राजनीतिक दल र उम्मेदवारले गर्न हुने र नहुने
स्थानीय प्रशासनको अनुमतिमा मात्रै भेला, जुलुस गर्न पाउने, प्रचारप्रसारमा निर्वाचन चिह्न अङ्कित पहिरन लगाउन नपाउने।
निजी घर वा सार्वजनिक स्थल, पोलमा उम्मेदवारको निर्वाचन चिह्न राख्न नपाउने

संघसंस्थालाई अनुदान दिन नहुने। प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न नहुने

सवारीसाधन प्रयोग गरी प्रचारप्रचार गर्न नहुने दल वा उम्मेदवारको आधिकारिक वेब पेजबाहेकका माध्यमबाट प्रचार गर्न नपाउने, दल वा उम्मेदवारले अनुमति लिएको सवारीबाट मतदाता ओसार्न नपाउने।