काठमाडौं – आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ।
डा. कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना दिएको हो। कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष आन्दोलित छ। इतर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ। त्यही क्रममा इतर समूह सानेपा पुगेर धर्नामा बसेको हो।
धर्नामा कोइराला समूहका दोस्रो तहका नेताहरु सहभागी छन्। धर्नामा संस्थापनविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका गुरुराज घिमिरेदेखि जगदिश्वरनरसिंह केसीसमेत सहभागी छन्।
धर्नामा डा. शेखर कोइराला, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ र नेता चन्द्र भण्डारी सहभागी छैनन्।







प्रतिक्रिया