अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र दुर्गा प्रसाईको प्रभावबाट एमालेमा प्रवेश गरें : कुमार नेपाल

एमाले अध्यक्ष ओली र दुर्गा प्रसाईको प्रभावबाट एमालेमा प्रवेश गरें : कुमार नेपाल


दमक – दमकका कुमार नेपाल केहीदिन अघि मात्र कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। एक ताका दमकको फुटवल खेलमा राम्रा खेलाडीका रुपमा चिनिएका दमक–८ निवासी नेपाल कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन् ।

दमकमा गत भदौ ९ गते बृहत् पार्टी प्रवेशका क्रममा उहाँसहित ७९९ जनाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पार्टीमा प्रवेश गरेका हुन् । उहाँसहित धर्म बिष्टको अगुवाईमा त्यहाँको पार्टी प्रवेशको बन्दोवस्ती गरिएको थियो ।

दमकको पुराना बासिन्दा नेपाल परिवार वर्षोदेखि कांग्रेसमा छन् । उहाँ मात्र कांग्रेसको सदस्यता त्याग गरी देश निर्माण एमालेले मात्र गर्न सक्छ भनी त्यस पार्टीमा आवद्ध भएको उहाँको भनाई छ । एमालेमा अध्यक्ष ओली र युवा नेता दुर्गा प्रसाईको प्रभावका कारण एमालेमा आएको उहाँले बताउनु भयो । उहाँको बुझाइमा ओली देशकै एक मात्र राजनेता हुन् भने प्रसाई व्यवसायिक तथा राजनीतिक भविष्य बोकेका नेता हुन् । प्रसाईसँग पछिल्ला समय उठबस गर्दा आफू अत्यन्त प्रभावित भएको उहाँले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘ प्रसाईको विचार नेतामात्र होइन समाजका दु:ख-सुखसँग पनि उत्तिकै लगाव छ ।’

परिवारै कांग्रेस भएका कुमारका लागि पार्टी छाड्न निकै चुनौती थियो । कांग्रेसमा उहाँले खासै जिम्मेवारी पनि पाएका थिएनन् । उहाँका अनुसार यसो सोचे, अब दुर्गा प्रसाईकै प्रभावले एमाले बन्छु भन्ने लाग्यो । मेडिकल व्यवसायी समेत एमाले केन्द्रीय सदस्य प्रसाईको सामाजिक सञ्जालमा देखिएका विचारबाट प्रभावित भएर साथीभाइको चाजोपाजोमा भेट्न सफल भए । ‘उहाँको आर्दश, गहन विचारबाट मनैबाट प्रभावित भए’ कुमारले एमाले प्रवेशको कथा सुनाउनु भयो ।

उहाँले स्पष्टवक्ता, आटिलो स्वभावका भएका प्रसाईमा नेता हुने कैयौं गुण भएको दावी गर्नुहुन्छ । उहाँ व्यवसायी, नेता मात्र होइनन्, सामाजिक जिम्मेवारीलाई पूरा गर्नेमा ढृणता छन् । समाजका कतिपय गरीब, विपन्न, असहाय समुदायको आधारभूत आवश्यकता पूरा गर्न प्रसाईको मानवीय सेवा प्रतिको उत्साहलाई विर्सन नहुने नेपालको भनाई छ । त्यससँगै स्वास्थ्य उपचार गर्न नसक्ने विपन्न वर्गलाई लक्षित गरी कैयौं परिवारलाई स्वास्थ्य बिमा गरेर बाँच्ने आधार समेत गरिदिएका छन् । उहाँले भन्नुभयो, ‘बाँच्न खोज्नेदेखि विदेशमा बेबारिसे अवस्थामा रहेका नेपालीलाई स्वदेशमा उद्दारसम्मको कार्य गरेर उदाहरणीय बनेका छन् ।’

Skip This