अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी पक्राउ

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी पक्राउ


सुर्खेत-डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका ८ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार उनीहरूलाई मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ दामाचौरस्थित खोली बगरबाट पक्राउ गरिएको हो।

प्रहरीले दामाचौरबाट वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा उनीहरूलाई फेला पारेको थियो।

‘चेकजाँच गर्ने क्रममा दुई जना व्यक्ति भाग्न खोजेका रहेछन्। प्रहरी टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा फरार कैदी रहेको खुलेको हो,’ एसएसपी राठौरले बताए।

पहिचान खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी चौकी गोतामकोटमा राखिएको उनले जानकारी दिए।

फरार कैदीबन्दीको खोजतलासका लागि चौरजहारी बेस क्याम्प रुकुम पश्चिम तथा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा पाँच जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

डोल्पा कारागारबाट फरार भएका अन्य ६ जना कैदीबन्दीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।