अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल छोड्नेहरुको लर्को बढ्दै,बारा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य नै एमालेमा प्रवेश

माधव नेपाल छोड्नेहरुको लर्को बढ्दै,बारा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य नै एमालेमा प्रवेश


काठमाडौं -नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष नेकपा एमालेमै फर्किएका छन् । प्रदेश सांसदसमेत रहनु भएका नेकपा एसका बारा जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्मा र केन्द्रीय सदस्य सीता गुरुङसहितका नेता कार्यकर्ता आज नेकपा एमालेमै फर्कनु भएको हो । ने

कपा एसका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका विश्वकर्मा र केन्द्रीय सदस्य तथा अर्की सांसद गुरुङ आज एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिका ग्रहण गरी एमालेमै फर्कनु भएको हो ।

विश्वकर्मा प्रत्यक्ष निर्वाचित हुनुहुन्छ । तत्कालीन एमालेका जिल्ला अध्यक्ष विश्वकर्माले पार्टी विभाजनपछि नेकपा एस रोज्नुभएको थियो । उहाँहरुसहित ११ जना जिल्लाका नेताहरु एमालेमा फर्किनु भएको हो । उहाँहरुसँगै केन्द्रीय परिषद सदस्य कौशल किशोर सिंह,महेश विश्वकर्मा,दशरथ राम, विद्या थापा, मिन रहपाल, मन्जु खनाल, मन्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनी लगायतका नेताहरु एमाले फर्कनु भएको हो ।