अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेद्वारीको छिनोफानो गर्न बसेको एमाले सचिवालयको बैठक साढे पाँच घण्टा देखि जारी

उम्मेद्वारीको छिनोफानो गर्न बसेको एमाले सचिवालयको बैठक साढे पाँच घण्टा देखि जारी


काठमाडौं -मंसिर ४ गते हुने निर्वाचनका उम्मेद्वार टुंग्याउन बसेको नेकपा एमालेको सचिवालय बैठक अझै जारी छ ।
साँझ ५ बजेबाट सुरु भएको बैठक अहिले पनि अध्यक्ष ओली निवास बालकोटमा जारी रहेको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । विष्टका अनुसार बैठबमा पसेको नेताहरु अहिलेसम्म कोही पनि बाहिरिएका छैनन् ।

सचिवालयका सबै नेताहरुले मोवाइलको स्विच अफ गरेर सघन छलफलमा लागेका छन् । नेताहरुले छलफल कै बीचमा सुचना चुहान सक्ने भन्दै सबैलाई मोवाइल अफ गर्न निर्देशन गरिएको बुझिएको छ ।

नेताहरुले दिउसो बताए अनुसार आजको बैठकमा सबै पदाधिकारीहरुबाट रिर्पोटिङ लिने,उनीहरुको मुड बुझ्ने र आज बैठक स्थगित गरेर भोली पुन बैठक बसेर उम्मेद्वारी टुंग्याउने अनुमान गरिएको थियो । तर साढे पाँच घण्टा देखि निरन्तर बैठक चलिरहेकोले आजै संघ र प्रदेशका उम्मेद्वारको छिनोफानो हुने अनुमान गरिएको छ ।
२०७४ सालको निर्वाचनको उम्मेद्वार छिनाफानो गर्न अध्यक्ष ओली सहित तत्कालिन वरिष्ठ नेताहरुको बैठक तत्कालिन उपाध्यक्ष वामदेव गौतमको घर भैंसेपाटीमा बसेको थियो । उक्त बैठक बिहान २ बजेसम्म चलेको थियो ।

आजको बैठकमा समानुपातिक तर्फका निर्वाचन आयोगमा पठाइएको उम्मेद्वारको नाम पनि पेश गर्ने कार्यसुची रहेको एक नेताले बताएका छन् । ति नेताका अनुसार उक्त नाममा केही फेरबदल गर्नु पर्ने भए कारण सहित अध्यक्ष ओलीलाई रिर्पोटिङ गर्नु पर्ने थियो । आजै प्रदेशसभाको उम्मेद्वारी पनि छिनाफानो गर्ने तयारी रहेकोले बैठक थप लम्बिने संकेत देखिएको छ ।