अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक राती १ बजेसम्म, अधिकांस उम्मेद्वारको टुंगो लाग्यो

एमाले सचिवालय बैठक राती १ बजेसम्म, अधिकांस उम्मेद्वारको टुंगो लाग्यो


काठमाडौ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका अधिकांस उम्मेद्वारहरु टुंगो लगाएको छ । राती १ बजेसम्म बसेको बैठकले केही ठाउँ बाहेकका उम्मेद्वार टुंगो लगाएको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।
स्रोतका अनुसार मधेस प्रदेश, रुपन्देही ३,ताप्लेजुङ लगायतका केही ठाउँमा उम्मेद्वारीको टुंगो लगाउन बाँकी छ । यी ठाउँहरुमा थप परामर्श सहित उम्मेद्वारीलाई अन्तिम रुप दिने काम अध्यक्ष केपी शर्मा ओलीले गर्ने बैठकले निर्णय गरेको छ । उम्मेद्वारी टुंग्याए पनि त्यसलाई पार्टीले गोप्य राखेको छ । ‘धेरै ठाउँको निर्णय भएको छ २०÷३० सिट बाँकी होला’ उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भन्नुभयो ‘को कहाँ भए भन्ने कुरा केही दिनपछि मात्र सावर्जनिक हुन्छ ।’
मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र अन्य केही ठाउँमा राप्रपासँग हुन सक्ने तालमेलका कारण पनि उम्मेद्वारी फाइनल नभएको नेताहरुले बताएका छन् । बिहिबार साँझ ५ बजे देखि अध्यक्ष ओली निवास बालकोटमा भएको बैठक राती १ बजे सकिएको हो । बैठकमा सचिव रघुबीर महासेठले मधेस प्रदेशका बिषयमा आफूले निर्णय गर्न पाउनु पर्ने अडान राख्नु भएको एक नेताले जानकारी दिए ।