अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सालकको खपटासहित पेप्सीकोलाबाट २ जना पक्राउ

सालकको खपटासहित पेप्सीकोलाबाट २ जना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट २ केजी ५०० ग्राम सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका–४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका–४ घर भएका २८ वर्षीय रत्न बहादुर मगर रहेका छन्।

उक्त स्थानमा अवैध रूपमा सालकको खपटाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटासहित फेला पारी बिहीबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।