काठमाडौं – नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले बडा दशैँको अवसरमा सांस्कृतिक साँझ आयोजना गरेको छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्ययतामा काठमाडौंमा भएको कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा विभिन्न जातजाती र भाषाका सांस्कृतिक नृत्य, सन्देशमूलक हास्यव्यङ्ग्य, लोक भाका, आधुनिक सहित पहिचान झल्काउने विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईं, पार्वत गुरुङ, केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल र गीता कार्कीको पनि सहभागिता रहेको थियो।
यसैगरी एमाले सम्पर्क समन्वय अध्यक्ष श्यामकुमार बस्नेत, वाग्मती अध्यक्ष अशोक ठकुरी, एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, वाग्मती प्रदेश सदस्य रत्न गौतम, जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठ लगायतका नेताहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा कलाकार तथा कार्यक्रमलाई सहयोग गर्नेहरूलाई उपाध्यक्ष ज्ञवालीले सम्मान तथा कदर पत्र प्रदान गर्नुभएको थियो।






प्रतिक्रिया