अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैंको टिकाको दिन केही स्थानमा भारी वर्षाको सम्भावना

दशैंको टिकाको दिन केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले असोज १९ गते विजया दशमीका दिन केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै त्यस दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरुका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, दशमीको भोलिपल्ट पनि ति क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल बंगालको खाडीमा विकसित न्युन चापीय क्षेत्र उत्तरपश्चिमतर्फ सर्दै जाने भएकाले असोज १८ गतेदेखि नेपालमा पनि यसको प्रभाव पर्ने र दशैंका दिनहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

Skip This