अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको सीमा मिचिँदा पनि बोल्न नसक्ने सरकारको काम छैन : अध्यक्ष ओली (तस्वीरहरु)

देशको सीमा मिचिँदा पनि बोल्न नसक्ने सरकारको काम छैन : अध्यक्ष ओली (तस्वीरहरु)


सप्तरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा मिचिँदा पनि सरकार घुँडा टेकेर बसेको आरोप लगाउनु भएको छ ।

एमाले निकट युवा संघले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारलाई देशको सीमा कहाँसम्म छ भन्ने कुरा पनि थाहा नरहेको बताउनु भयो ।

‘कहीं सीमा मिचेको छ भने बोल्नुपर्छ । यो सरकार सीमा मिचे पनि बोल्न सक्दैन । घुँटा टेकेर बस्छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘आफ्नो सिमाना कहाँसम्म हो त्यो पनि भन्न सक्दैन् । कायरता देखाउँछ । जलस्रोत, जग्गा, नदीनाला, खनिजको पनि रक्षा गर्न सक्दैन ।’

अध्यक्ष ओलीले सरकारलाई नक्कलीको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘जनताले नछानेको परमादेशबाट आएको एउटा नक्कली सरकार हो । यो सरकार अझै हामीले डेढ महिनाभन्दा अझै बढी व्यहोर्नुपर्छ ।’

सरकारले चुनाव निष्पक्ष गराउने पक्षमा नभई जसरी पनि जित्नुपर्ने सोंच राखेको भन्दै उहाँले लोकतन्त्रसँग मतलब नराखी लुटतन्त्र मच्चाएको आरोप लगाउनुभयो।

अध्यक्ष ओली भन्नुहुन्छ,  ‘यो भ्रष्ट, धाँधलीवाद सरकार हो । जसरी पनि जित्नुपर्छ भन्ने सरकार हो । त्यसकारण हाम्रा युवाहरुले निष्पक्ष धाँधली कतै हुन नदिन, शान्तिपूर्ण ढंगले निर्वाचन गराउन आफ्ना स्वयंसेवक दलहरुलाई तयार गरी हरेक बुथमा खटाउनुपर्छ ।’