अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सधैं ज्येष्ठ नागरिकको साथमा रहन्छ : अध्यक्ष ओली

एमाले सधैं ज्येष्ठ नागरिकको साथमा रहन्छ : अध्यक्ष ओली


सप्तरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी ज्येष्ठ नागरिकसँग सधैं रहने बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटीले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा गरेको मधेश प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी घोषणा तथा विशाल आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत एमालेले गरेको बताउनुभयो ।

रु.१०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता एमालेले नै ४ हजार पुर्‍याएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईंका छोराछोरी अमेरिका, अष्ट्रेलिया जान सक्छन्, तर एमाले कही जाँदैन सधैं ज्येष्ठ नागरिकको साथमा रहन्छ ।’

एमालेलाई ज्येष्ठ नागरिकको आशिर्वाद र युवाहरुको साथ रहेको पनि उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक दिवसको अवसरमा अध्यक्ष ओलीले सबै ज्येष्ठ नागरिकको राम्रो स्वास्थ्यको लागि शुभकामना पनि दिनुभयो ।