अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशले फेरि पनि केपी शर्मा ओली खोजिरहेको छ : महेश बस्नेत

देशले फेरि पनि केपी शर्मा ओली खोजिरहेको छ : महेश बस्नेत


सप्तरी – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि असाधारण भूमिका खेल्नुभएको बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटीले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले अध्यक्ष ओलीलाई सिंगो देशसँगै मधेसले फेरि पनि खोजिरहेको बताउनुभयो । केपी ओलीलाई मधेशबाट बाइबाइ गर्ने दलहरु बाहिरिएका उहाँले बताउनुभयो ।

‘हिजो केपी ओलीलाई मधेसमा बाइबाइ भन्ने अभियान चलाइयो, आज मधेसमा केपी ओली हाइ हाइको अवस्था छ, अहिले पनि सिंगो देशले केपी ओलीलाई खोजिरहेको छ, मधेसले केपी ओली खोजिरहेको छ’ नेता बस्नेतले भन्नुभयो ।

अध्यक्ष ओलीले समृद्ध मधेसको अभियान चलाउनुभएको पनि उहाँले बताउनुभयो । हुलाकी राजमार्गदेखि सुनकोशी मरिण डाइभर्सन लगायतका काम अध्यक्ष ओलीले गर्नुभएको नेता बस्नेतले स्मरण गराउनुभयो । केपी ओली नेतृत्वको एमालेको सरकारले ३ वर्षको अवधिमा देशको विकासका लागि असाधारण काम गरेको उहाँले बताउनुभयो ।

मधेसी जनताको भावनासँग खेलेर मधेसवादी दलहरुले भ्रष्टाचारबाहेक केही नगरेका नेता बस्नेतले बताउनुभयो । बेटी बचाउ बेटी पढाउ अभियानका नाममा मधेसवादी दलले भ्रष्टाचार गरेका नेता बस्नेतले बताउनुभयो । कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले रहेको भन्दै नेता बस्नेतले एमालेमा समाहित हुन सबैलाई आव्हान गर्नुभयो ।