अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका पहाडी भू- भागमा आज आंशिक बदली हुने

देशका पहाडी भू- भागमा आज आंशिक बदली हुने


काठमाडौ- देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकाध स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

Skip This