अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले राणा र मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सार्‍यो

कांग्रेसले राणा र मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सार्‍यो


काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ ।

आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको एक स्रोतले जानकारी दिएको हो ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो । सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।