अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईद्वारा हल्दिवारीमा दुर्गा माताको प्रतिस्थापन

दुर्गा प्रसाईद्वारा हल्दिवारीमा दुर्गा माताको प्रतिस्थापन


बिर्तामोड – बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले झापाको हल्दिवारी-४ स्थित पाथीभरा सिद्धकाली पर्यटकीय परिसरमा दुर्गा भवानीको मुर्ति प्रतिस्थापन गरेका छन् ।

आज बाजागाजासहित मन्दिर पुगेका प्रसाईले धार्मिक एवं पर्यकटीय क्षेत्रको विकासमा सानो सहयोग गरेको बताउनुभयो ।

पाटन औधोगिक पार्कबाट ल्याइएको दुर्गा माताको मुर्ति बिर्तामोड क्षेत्रमा परिक्रमा गरेर मन्दिर स्थल लगिएको थियो । फुलपातीको साइत पारेर मुर्ति प्रतिस्थापन गरिएको विएण्डसीमा जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो  ।

यसअघि प्रसाईले इलामको पाथीभरा, चारआलीस्थित पाउँ पाथीभरामा दुर्गा माताको प्रतिस्थापन गरेका थिए । अर्जुनधाराको भाङवारीस्थित विन्दावासिनीमा योगमायाको मुर्ति प्रतिस्थापन गरिसकेका प्रसाईले चौथो पटक हल्दिवारी विकासका लागि मन्त्री सांसद नै बन्नु नपर्ने भन्दै प्रसाईले झापा क्षेत्र-३ का जनताको सुख दुःखमा साथ दिने प्रतिवद्धता गर्नुभयो ।

प्रसाईको प्रमुख आतिथ्यतामा भएको मुर्ति प्रतिस्थापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, अस्पतालको अध्यक्ष इन्दिरा गिरी लगायतको उपस्थितिमा रहेको थियो । उहाँले विकासमा सहयोग गर्न धार्मिक र पर्यटकीय क्षेत्र महत्वपूर्ण हुने भन्दै दुर्गा माताको मुर्ति प्रतिस्थापन गरेको जानकारी दिनुभयो ।