अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको दशैं झापामा मनाउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको दशैं झापामा मनाउने


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको दशैं झापामा मनाउनुहुने भएको छ । त्यसका लागि अध्यक्ष ओली आज दिउसो १.४० बजे भद्रपुर आउने कार्यक्रम छ ।
एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार भद्रपुरबाट अध्यक्ष ओली दमक स्थित आफ्नो निवासमा आउनुहुनेछ । यहाँ धनुकटाबाट लिम्बूवान र माओवादी त्यागेका केही नेताहरुलाई एमाले प्रवेश गराउनुहुनेछ ।
भोली १ बजे अध्यक्ष ओलीले दशैं तिहार,छठ लगायतका पर्वहरुको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुभएको छ । अध्यक्ष ओलीले उक्त कार्यक्रममा सहभागी हुन विभिन्न दलका नेता,कार्यकर्ता र सर्वसाधरणलाई आमन्त्रण गर्नुभएको छ । कार्यक्रम सिटी साइ पार्टी प्यालेस विर्तामोडमा आयोजना गरिएको छ ।
थापाका अनुसार भोली साँझ अध्यक्ष ओली दमक स्थित निवासमै फर्केर स्थनीय नेता कार्यकर्तासँगै दशैं मनाउनु हुनेछ ।
अध्यक्ष ओलीले यसपालीको टिक झापा मै ग्रहण गर्ने कार्यक्रम छ । झापाको भद्रपुर नगरपालिका स्थित पृथ्वीनगरमा टिकाको साइत ११.५१ बजे बुबा मोहन प्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टिका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन अध्यक्ष ओली काठमाडौं फर्कनुहुनेछ ।

अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य पनि झापा आउदै हुनुहुन्छ ।