अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँबाट झापा जाँदै गरेको बस हेटौँडामा दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ यात्रु घाइते

काठमाडौँबाट झापा जाँदै गरेको बस हेटौँडामा दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ यात्रु घाइते


हेटौँडा – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको दमक-५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका-८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएका प्रवक्ता कार्कीले बताउनुभयो । काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एकजनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।