अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा तीन घण्टादेखि जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा तीन घण्टादेखि जारी


काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरू बिहानैबाट छलफलमा जुटेका छन्।

बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको एक स्रोतले जनाएको छ ।

सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई पेलेको भन्दै असन्तुष्टि बढेको छ।