अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


काठमाडौं – सिट बाँडफाँट गर्न सत्तारूढ दलका शीर्ष नेतासहित कार्यदलको बैठक अहिले पनि जारी छ।

प्रतिनिधि सभातर्फ सहमति जुटाएर प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल भइरहेको छ ।

आजै सहमति गरेर घोषणा गर्नेगरी छलफल भइरहेको एक स्रोतको दाबी छ ।  

प्रतिनिधि सभामा सहमति जुटे पनि प्रदेशमा कुरा नमिल्दा सहमति नहुने भएकोले प्याकेजमै निर्णय गराउन खोजिएको एक नेताले बताउनु भयो ।

दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा पाँचै दलका शीर्ष नेता सहभागी छन्।

यस्तै कार्यदलका तर्फबाट छलफलमा रहेका ११ सदस्यमध्ये ९ जना छफलमा सहभागी छन्।