अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री शत्रुधन सिंहद्धारा जसपा परित्याग

पूर्वमन्त्री शत्रुधन सिंहद्धारा जसपा परित्याग


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले परित्याग गर्नुभएको छ।

अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै उहाँले पार्टी परित्याग गरेको पत्र पठाउनुभएको हो ।

पार्टी पाँच दलीय गठबन्धनको नाममा मधेसी जनताको भावना विपरीत अघि बढेको आरोप लगाउँदै पूर्व मन्त्रीसमेत रहेका सिंहले प्रेस वक्तव्य मार्फत साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गर्नुभएको हो ।

सिंहको नाम सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिस भएको थियो । सोही क्षेत्रबाट अध्यक्ष उपेन्द्र यादव र प्रदेश अध्यक्ष विजय यादवको पनि नाम सिफारिस भएको थियो ।

पार्टीले सो क्षेत्रमा आफूलाई टिकट नदिने बुझेपछि सिंहले जसपा परित्याग गरेको बताइएको छ । उहाँ पहिलो संविधानसभामा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने २०७४ सालमा वाम गठबन्धनका सुरेशचन्द्र दाससँग पराजित भएका थिए ।

सिंहद्वारा जारी विज्ञप्तिमा, ‘पार्टीको सबै तह र साधारण सदस्य समेत आजैको मितिबाट लागू हुनेगरी परित्याग गरेको जानकारी गराउँदछु ‌।’

लामो संघर्षपछि बचाइराखेको पार्टीको आस्था र भावना विपरित कार्यकर्ता मन मष्तिस्कमा पुर्‍याएको चोट सहन गर्न नसकी जसपा परित्याग गरेको उहाँले उल्लेख गरेका छन् ।