काठमाडौं – नेकपा एकीकृत समाजवादीका युवा नेता केशव चौधरी एमालेमा प्रवेश गर्नुभएको छ । उहाँसँगै एकीकृत समाजवादीका ६ जना वडाअध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा माला र टीका लगाई पार्टी प्रवेश गराउनुभयो । एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन् ।
गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपालिकामा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी केशव राय चौधरी, एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य वडा १,४,६,७,९,को वडा अध्यक्षको प्रत्यासीसहित पचासभन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।







प्रतिक्रिया