काठमाडौं – नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलको तयारी भइरहेको छ ।
हिजोराति दुई पार्टीका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । स्रोतले दिएको जानकारीअनुसार एमाले जसपालाई २५ सिट दिन तयार भएको छ । तर यस विषयमा शीर्ष तहमा फेरि छलफल गरेर टुंगोमा पुग्ने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो।
एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच फेरि छलफल गरेर हस्ताक्षरको तयारी भएको एक एमालेका नेताले बताउनुभयो ।
उहाँका अनुसार शीर्ष तहमा छलफलपछि हस्ताक्षरको तयारी छ । जसपा सत्तारुढ गठबन्धनमा सामेल छ। जसपाका अध्यक्ष उपेन्द्र यादव भने बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अनुपस्थित रहेको एक नेताले जानकारी दिनुभयो ।







प्रतिक्रिया