अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित


काठमाडौं– पाँच दलिय सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ ।

आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सीट बाँडफाँटलाई टुङ्गो लगाउन बैठक जारी छ । तर, जसपाका नेताहरु भने नआएको एक सहभागी नेताले बताउनुभयो ।

जसपा सत्ता गठबन्धनमा असन्तुष्ट छ । सिट बाँडफाँटको कुरामा सहमति नहुन नसकेपछि बिहीबारबाटै गठबन्धनबाट बाहिरिएको थियो । गठबन्धनमा २४ क्षेत्र दाबी गरेकोमा १६ भन्दा बढी नदिने देखिएपछि जसपा अहिले एमालेसँग छलफलमा छ।

गएराति एमाले र जसपाबीच चुनावी तालमेलको विषयमा भएको छलफल निष्कर्ष नजिक पुगेको एक नेताले बताउनुभयो । संघमा २० र प्रदेशमा ४४ क्षेत्रको वरिपरिमा सहमति हुन सक्ने ती नेताको भनाइ छ । उहाँका अनुसार आजै दुई दलबीच तालमेल टुंगिनेछ ।