अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले-राप्रपा तालमेलबारे बालकोटमा १ बजे छलफल

एमाले-राप्रपा तालमेलबारे बालकोटमा १ बजे छलफल


काठमाडौं – नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्न आज दुई दलका शीर्ष नेताबीच छलफल हुने भएको छ । छलफलका लागि नेकपा एमालेका अध्यक्ष ओलीले दिउँसो १ बजे समय दिएको राप्रपाका एक नेताले बताउनुभयो ।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले दिउँसो १ बजे वार्ताको समय मिलाएको र आफूहरू अध्यक्ष ओली निवास बालकोट जाने तयारीमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज १ बजे वार्ता हुँदैछ । त्यसका लागि अध्यक्षसहित हामी बालकोट जाँदैछौँ । कति सिट र कहाँ कहाँ तालमेल गर्ने भन्ने वार्तापछि टुङ्गो लाग्छ ।’

एमालेले आजै जसपासँग पनि चुनावी तालमेलको लिखित सहमति गर्दैछ । ‘एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने पक्का छ । त्यसका लागि दुवै दलसँग आज सहमति गर्ने तयारी छ’, एमालेका एक शीर्ष नेताले भन्नुभयो, ‘जसपा र राप्रपाबाहेकका अन्य शक्तिहरूसँग पनि कुरा भइरहेको छ ।’