अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा एमाले उम्मेदवार : संघमा योगेश, प्रदेशमा तिलकुमार र मणिशंकर

ताप्लेजुङमा एमाले उम्मेदवार : संघमा योगेश, प्रदेशमा तिलकुमार र मणिशंकर


काठमाडौं – नेकपा एमालेका सचिव योगश भट्टराईलाई ताप्लेजुङबाट संघीय सांसद उम्मेदवार बनाउने भएका छन् ।

सचिव भट्टराई दोस्रो पटक ताप्लेजुङबाट चुनाव लड्ने हुनुभएको छ । उहाँ यसअघि प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

प्रदेश सभातर्फ पोलिटव्युरो सदस्य तिलकुमार मेन्याङ्बो र जिल्ला कमिटी उपसचिव मणिशंकर पोमु उम्मेदवार हुनुभएको छ ।

तिलकुमार मेन्याङ्बोलाई संघीय सांसद उम्मेदवारको सिफारिस हुनुभएको थियो । तर जिल्लाको आम कार्यकर्ताको माग अनुसार उहाँलाई प्रदेशमा लैजाने निर्णय भएको हो ।

जिल्लामा यी तीन अनुहार उम्मेदवार टुंगो लागेसँगै उत्साहा फैलिएको छ । एमालेले मिलाएको उम्मेदवार ‘कम्यनिकेसन’ कारण गठबन्धनमा निरासा छाएको छ ।