अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाको उत्तर क्यारोलिनामा गोली चल्यो, ५ जनाको मृत्यु

अमेरिकाको उत्तर क्यारोलिनामा गोली चल्यो, ५ जनाको मृत्यु


काठमाडौं-अमेरिकाको उत्तर क्यारोलिनामा बिहीबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि छन् । समाचार अनुसार घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो ।

उत्तरी क्यारोलिनाका मेयर मेरी एन बाल्डविनले गोलीबारीमा अन्य दुई जना पनि घाइते भएको बताए, जसमध्ये एक प्रहरी अधिकारी छन् । मेयरले घटनाको बारेमा थप विवरण दिएनन् तर भने, ‘हामीले अमेरिकामा यस्ता खालका पागल हिंसा रोक्नु पर्छ ।’

संदिग्ध आक्रमणकारी एक श्वेत किशोर भएको मानिन्छ र उनले लामो बन्दुकले गोली चलाएका थिए । ती व्यक्तिबाहेक अरु कसैलाई पनि पक्राउ गरिएको छैन । एजेन्सी

Skip This