काठमाडौं-रूसले नियन्त्रणमा लिएका युक्रेनका भूभागहरुमा सैनिक शासन लागु गरेको छ । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा रुसले सैनिक शासन लागु गरेको घोषणा गरेको हो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा भन्नुभयो, ‘मैले रूसी महासंघका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल ९सैनिक शासन० लागु गर्ने आदेशमा हस्ताक्षर गरेको छु ।’
टेलिभिजनमार्फत प्रसारण भएको पुटिनको सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागु हुने जनाएको छ ।
रूसी कानुनअनुसार सैनिक शासन लागु भएपछि सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिक नजरबन्द लगायतका अनुमति मिल्छ । एजेन्ससी






प्रतिक्रिया